प्रदेश ३ को राजधानी र नामाकरणको विषयमा टुंगो लगाउन नेकपा र कांग्रेसको संसदीय दलको बैठक हुदै

हेटौँडा,१८, पुस । प्रदेश नंबर ३ को राजधानी तथा नामकरणको विषयलाई टुंगो लगाउनको लागि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज शुक्रबार संसदीय दलको बैठक बोलाएको छ ।

नेकपाको दुई तिहाई बहुमत रहेको प्रदेश तीनको राजधानी हेटौँडामा र नामकरण वागमती गर्न नेकपा केन्द्रीय सचिवालयले निर्देशन दिएपछि आज बैठक बोलाईएको हो । नेकपा संसदीय दलको बैठक आज दिउँस १ बजेबाट मुख्यमन्त्री निवासमा हुने छ ।

त्यसैगरी नेपाली कांग्रेसले शुक्रबारनै काठमाण्डौँमा संसदीय दलको बैठक बोलाएको हो । बैठकमा राजधानी र नामाकरणकै विषयमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ ।
आगामी पुस २१ गते बस्ते प्रदेशसभाको बैठकमा राजधानी र नामाकरणको विषयले औपचारीक प्रवेश पाउने भएको कारण दुबै दलले बैठक बोलाएर आन्तरिक तयारी थालेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*