दियालो सहकारीको बचत १ करोड १५ लाख
पौष २० हेटौंडा । हेटौंडा ३ मा रहेको दियालो बचत तथा ऋण सहकारी संस्थाको पाँचाँै वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शिवराज बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतले समुद्घाटन गर्नुका साथै दुध एनालाइजर मेसिनको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा दियालो वर्ष व्यक्ति २०७६ बाट रेशमबहादुर भण्डारीलाई प्रदान गरेको थियो । कार्यक्रममा एकल महिला कमला राई र मिना थापालाई सम्मान गरेको थियो ।
उत्कृष्ट ऋणीतर्फ राजु तिमल्सिना, राधिका थपलिया, उत्कृष्ट बचतमा दुर्गीमाया रुम्बा, ताराकुमारी मगर र रामकुमारी खत्रीलाई पुरस्कृत गरिएको थियो । यसैगरी एसईइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउनेमा नीति तर्फ दीपन शिवाकोटी र समिक्षा नेपाल साथै सामुदायिकतर्फ आदित्य रिमाललाई सम्मान गरिएको थियो ।
संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष बर्तौला र आर्थिक प्रतिवेदन कोषाध्यक्ष दीपक बर्तौलाले प्रस्तुत गरेका थिए । संस्थाको कुल शेयर पूँजी ३४ लाख २१ हजार ४ सय रुपैयाँ, कर्जा लगानी १ करोड ३२ लाख ७५ हजार ७ सय ४७ र बचत रकम १ करोड १५ लाख ११ हजार २ सय ३३ रुपैयाँ रहेको प्रतिवेदन मा उल्लेख छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ३ नम्वर वडा अध्यक्ष रामकुमार पुडासैनी, मनकामनामाई बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिवंश भेट्वाललगायतको आतिथ्यता रहेको थियो ।
























