ट्याक्टर दुर्घटना हुँदा मकवानपुरको मनहरीमा एकको मृत्यु
हेटौंडा, २१ पुस । मकवानपुरको मनहरी गाउँपालिका वडा नंबर ३ कालिकाटारमा गएराति ना ५ त ४१६६ नंबरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नंबर २ बस्ने सविन मोक्तान रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
























