सुनको मूल्य आहिले सम्मकै सबैभन्दा उच्च

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले फेरि ऐतिहासिक कीर्तिमान ९रेकर्ड० कायम गरेको छ ।

आइतबार प्रतितोला ७५ हजार ५ सय पुगेको सुनको मूल्य सोमबार पुनः ५ सय रुपैयाँले बढेर ७६ हजार पुगेको हो ।

छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

सोमबार तेजाबी सुनको मूल्य भने प्रतितोला ७५ हजार ७ सय पुगेको छ ।

पछिल्लो समय भारतीय रुपैयाँ ९भारु० डलरको तुलनामा कमजोर हुँदै गएपछि सुनको मूल्य बढ्दै गएको व्यवसायीहरुको भनाइ छ ।

व्यवसायीहरुका अनुसार सुनको मूल्य अझै बढ्न सक्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*