प्रदेश तीनको नेकपा संसदीय दलको बैठक स्थगित
हेटौँडा,२२, पुस । सहमतीको प्रयासको लागि भन्दै आज हुने भनिएको प्रदेश नंबर ३ को नेकपा संसदीय दलको बैठक स्थगित भएको छ । गत शुक्रबारबाट हेटौँडामा जारी नेकपा बैठक आईतबार साँझ मंगलबार बस्नेगरि स्थगित भएको थियो र तर सोमबार दिनभरपनि नेकपा भित्र राजधानी र नामाकरणको विषयमा सहमति नजुटेपछि बैठक स्थगित भएको नेकपा सचेतक रामेश्वर फुँयालले बताए ।
उनले भने स् हामि नाम र राजधानीको बारेमा साझा धारणा र एउटै प्रस्तावको लागि तयारी गरिरहेका छौ, आजपनि सबैदल र नेकपाको साझा धारणा निर्माणको लागि बैठक स्थगित गरेका हौ ।
सहमतिको लागि केन्द्रीय नेतृत्वसँग छलफलमा आफुहरु रहेको र पार्टीका सांसदहरुसँग पनि औपचारिक र अनौपचारिक छलफलहरु भैहरहेको उनले बताए । हाल केन्द्रीय नेतृत्वसँग छलफलको लागि प्रमुख सचेतक फुँयाल सहित अन्य नेताहरु काठमाण्डौँमा रहेका छन् ।
ह्विपको विषयमा गरिएको प्रश्नमा उनले पार्टीको निर्णय कार्यन्वयन गराउने सन्र्दभमा गर्न सकिने सबै प्रावधानलाई प्रयोग गर्न सकिने ब्यवस्था रहेको भन्दै घुमाउरो ढंगबाट ह्विपको संभावना पनि रहेको बताए ।
























