शुल्क वृद्धि फिर्ताको माग गर्दै मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थी रिले अनशनमा

हेटौंडा,२२ पुस । मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिको बैठकले शुल्क वृद्धि गरेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । समितिको आईतबार बसेको बैठकले मासिक तथा भर्ना शुल्कमा ६५ प्रतिशत शुल्क वृद्धि गरेको बताईएको छ ।

विद्यार्थी संगठनले शुल्क वृद्धि फिर्ता लिन माग गर्दै क्याम्पसको प्रशासन शाखा, सहायक क्याम्पस प्रमुखको कार्य कक्ष र स्टाफ कक्षमा ताला लगाइदिएका छन् । सञ्चालक समितिलाई थप दबाब सिर्जना गर्न विद्यार्थी संंगठनहरुले क्याम्पसमा आजबाट रिले अनशन सुरु गरेका छन् । शुल्क वृद्धि फिर्ताको माग गर्दै स्ववियु, अनेरास्ववियू र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त रुपमा रिले अनशन सुरु गरेका हुन् ।

क्याम्पसमा मंगलबार दिउँसोबाट मकवानपुर बहुमुखी क्याम्पसका स्ववियु सभापति कुमार केसी, अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष एमबी बस्नेत र अनेरास्ववियु क्रान्तिकारी क्याम्पस कमिटीका अध्यक्ष रामकृष्ण शिवाकोटीले रिले अनशनको सुरुवात गरेका हुन् । शुल्कवृद्धि फिर्ता नलिएसम्म अनशन जारी रहने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*