हेटौंडा ११ नवलपुरमा आजबाट श्रीमनमानस रामायण ज्ञान बर्षा महायज्ञ सुरु

मुख्यमन्त्री डोरमणि पौडेलद्धारा अखण्डदिप प्रज्वलन गरि समुद्घाटन

२६ पौष हेटौंडा । हेटौंडा ११ नवलपुरमा रहेको श्रीकृष्ण हरिहर मन्दिरमा आज शनिवारबाट श्रीमनमानस रामायण ज्ञान बर्षा महायज्ञ सुरु भएको छ । रामायण ज्ञान बर्षा महायज्ञ मुल समारोह समितिका अध्यक्ष बालकृष्ण बजगाईको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अखण्डदिप प्रज्वलन गरि समुद्घाटन गर्नु भएको हो ।

समुद्घाटनमा बोल्दै मुख्यमन्त्री पौडेलले हिन्दु धर्मका शास्त्रहरु बैज्ञानिक रहेको र यस्को पालनाले हाम्रो समाज मर्यादित शिष्ट र सभ्य हुने बताउनुभयो । वेद बिज्ञान संगत भएकाले कतिपय युरोपियन राष्ट्रहरुले समेत वेद को अध्ययन अध्यापन गरिरहेको बताउनुहुदै अध्यात्मले मानिसमा सकारात्मक उर्जा पैदा गर्ने कुरा औल्याउनु भयो ।

आजबाट माघ ५ गते सम्म चल्ने महायज्ञको उपवाचक पण्डित सुदर्शन अधिकारी र मुल कथा मर्मज्ञ पण्डित नवराज धितालले संगितमय कथावाचन गर्दै हुनुहुन्छ । हेटौंडा उपमहानगरपालिकाको उपमेयर मीना लामाको बिशिष्ट आतिथ्यता रहेको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ का वडा सदस्य, खानेपानी समितीका प्रतिनिधि,समाजसेवि प्रेमनाथ पराजुली लगायत अन्य संघ संस्थाका प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो । आज पहिलो दिन गोरक्षेश्वर राप्तीतटबाट विहान बाजागाजा सहित कलश यात्रा गरिएको थियो । महायज्ञमा बिहान ८ बजे देखि साझ ४ बजे सम्म कथा वाचन, साझ ५ बजे प्रसाद वितरण, साझ ७ बजे देखि ९ बजे सम्म भजन कृतन र माघ ५ गते लक्ष्यवर्ति सामुयिक ब्रतवन्ध र समापन कार्यक्रम रहेको संयोजक बालकृष्ण बजगाईले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*