तामाङ समुदायको चाड सोनाम ल्होसारमा बागमती प्रदेशले सार्वजनिक विदा दिने

हेटौैडा, २८ पुस,बागमती प्रदेशले माघ १० गते पर्ने तामाङ समुदायको चाड सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा दिएको छ । आईतबार साँझ बसेको बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले ल्होसार पर्वका लागि माघ १० गते सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरीक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेलले खबरब्रेकलाई बताए ।

यस्तै आईतबार मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले ७ वटा निर्णय समेत गरेको छ । बैठकले अन्तर प्रदेश बासिन्दाको सामान सुरक्षा, व्यबहार र सुविधा सम्बन्धमा व्यबस्था गर्न विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने, आर्थिक बर्ष ०७७–०७८ को लागि संघीय बिषेश अनुदान सम्बन्धमा, आर्थिक बर्ष ०७७–०७८ का लागि संघीय समपुरक अनुदान सम्बन्धमा, स्थानीय तहलाई दिईने प्रदेश समपुरक अनुदानको दोस्रो चरणका योजनाहरु स्विकृत गर्ने निर्णय गरेको छ ।

यसैगरी घरेलु तथा साना उद्योग कार्यालय सम्बन्धमा, प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७५ लाई संसोधन गर्न बनेको विधेयक स्विकृत सम्बन्धमा र प्रदेश स्वास्थ्य सेवा नियमावली, २०७६ स्विकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*