देशकै पहिलो बालमैत्री गाउँपालिका घोषण हुदै मनहरी गाउँपालिका

हेटौंडा, २८ – मनहरी गाउँपालिका देशकै आज पहिलो बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने पहिलो गाउँपालिका बन्ने भएको छ । देशभर रहेको ४६० गाउँपालिका मध्ये मनहरी गाउँपालिका देश कै पहिलो बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने पहिलो गाउँपालिका बन्ने भएको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्न लागिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए

उपाध्यक्ष मनिला विष्टले बालमैत्री गाउँपालिका घोषणा गरिए गाउँपालिकाले गर्नुपर्ने ३५८ काममध्ये २६४ काम पुरा हुने बताईन् ।

बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने पहिलो गाउँपालिका घोषणा कार्यक्रम मनहरी गाउँपालिका ७ मा रहेको राष्टिय रोटरी माध्यामिक विद्यालयमा हुन लागेको हो । कार्यक्रम भब्य बनाउन आज गाउँपालिकामा सार्वजनिक विदा समेत दिइएको छ । कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, तिन नं प्रदेशमा मुख्यमन्त्री डोरमनि पौडेल, प्रतिनिधि सभा सदस्यहरु,राष्टिय सदस्यहरु र विभिन्न सरोकारवालाहरुको उपस्थिती रहने गाउँपालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*