हेटौंडा लगायत देशका अधिकांश स्थानमा वर्षा

हेटौंडा । पश्चिमी न्यून चापीय प्रणालीका कारण गएरातीदेखि नै हेटौंडा लगायत देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हेटौंडा र काठमाडौं उपत्यकामा गएराती रातभर वर्षा भएको छ । बिहानसम्म वर्षा जारी नै छ । आज दिउसो पनि बर्षाको सम्भावना रहेको छ ।

आज पनि देशका अधिकांश स्थानमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँमा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान प्रकाशन गरेको बुलेटिनमा पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले अरू २४ घण्टा वर्षा तथा हिमपात नरोकिने अनुमान गरेको छ । देशका अधिकांश स्थानहरु वर्षा र हिमपात हुने रहेकाले सतर्कता अपनाउन तथा चिसोबाट बच्न महाशाखाले सबै सर्वसाधारण लाई अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*