हेटौंडाको क्याम्पाडाँडामा तेस्रो लिंगीको शव फेला
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ क्याम्पाडाँडामा एक जना तेस्रो लिंगीको संकासपद मृत्यु भएको पाइएको छ । कान्तिलोकपथ अन्तरगत हेटौँडा–५ मा तेस्रो लिंगीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडा नवलपुर घर भएका अजिता भुजेल आज बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।अर्धनग्न अवस्थामा सडक छेउमा तेस्रो लिंगीको शव भेटिएको प्रहरीले जनाएको छ । उनलाई हत्या गरेर फालिएको हुन सक्ने स्थानीय प्रतक्षदर्सीहरुले आसंका गरेका छन् ।
क्याम्पाडाँडाबाट चौघडा जाँदाको पहिलो मोडमा शव भेटिएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थलमा मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरसहितको प्रहरी टोली पुगेका थिए ।
अनुसन्धानका लागि घटनास्थलमा तालिम प्राप्त कुकुरको प्रयोग गरिएको छ । उनी लैंगिक अल्पसंख्यकको अधिकारका लागि समेत काम गर्दै आएकी थिईन् । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
























