मउवा संघको पश्चिम क्षेत्र समितिका सभापति रिजालको निधन

हेटौँडा,६, माघ । मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति तथा समाजसेवी, राजनीतिज्ञ गोविन्द रिजालको निधन भएको छ ।

क्यान्सर जस्तो जटिल रोगबाट ग्रसित रिजालको गएराती निधन भएको पारिवारिक श्रोतले जनाएको छ । फोक्सो क्यान्सरबाट उनको आईतबार राती भरतपुरमा निधन भएको हो ।

पश्चिम मकवानपुरको तत्कालिन कालिकाटार गाविसको पुर्व प्रधानपञ्च समेत रहेका उनी विभिन्न सामजिक संघसस्थामा क्रियाशिल रहेका थिए । उनको नेतृत्वमा पश्चिम मकवानपुरको आर्थिक केन्द्रको रुपमा रहेको मनहरीमा मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्रले जन्म लिएको थियो ।

सबैको सहयोगी रिजालको निधनले उद्योग ब्यवसाय तथा सामजिक क्षेत्रमा अपुरणीय क्षति पुगेको नेपाल उद्योग वाणिज्य महासंघका सदस्य राजकुमार न्यौपानेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*