हेटौँडामा मोटरसाईकल दुर्घटना हुदा एकको ज्यान गयो

हेटौँडा,८माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा मोटरसाईकल दुर्घटना भएको छ । गएराती हेटौँडा ११ स्थित महेन्द्र राजमार्गको नवलपुर खण्डमा ना ४३ प ३९१४ नंबरको मोटरसाईकल र ना ५ च १७७७ नंबरको भ्यान एक आपस मा ठोक्कीदा मोटरसाईकलमा सबार हेटौंडा १९ बस्ने २१ बर्षीय सुनिल स्यान्ताङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

विपरित दिशाबाट आएको भ्यान र मोटरसाइकल एक आपसमा ठोक्कीदा मोटरसाईकद चालकको घटनास्थलमानै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवत्ता तथा प्रहरी निरिक्षक ललनकुमार कुर्मीले बताए । मोटरसाईकलमा सबार अर्का ब्यक्ति मनहरी ९ का साजन भ्लोनको भने हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भैरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*