कम्युनिष्ट सरकार बृद्धभत्ताको सन्र्दभमा निकै गम्भिर छ – मुख्यमन्त्री पौडेल
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यो सरकारले बृद्धभत्ता ५ हजार पुराउने बताएका छन् । कम्युनिष्ट सरकार बृद्धभत्ताको सन्र्दभमा निकै गम्भिर रहेको भन्दै उनले जेष्ठ नागरिकको हकमा प्रदेश सरकारले पनि विभिन्न नीतिहरु लिएको बताए ।
उनले ज्येष्ठ नागरिकको नाममा हुने व्यापार बन्द गर्न समेत आग्रह गरे । मंगलबार हेटौंडामा आयोजित ज्येष्ठ नागरिकहरुको राष्ट्रिय कार्यशालाको हेटौंडामा सम्बोधन उनले जेष्ठ नागरिकको नाउँमा हुने ब्यापार बन्द गर्दै जेष्ठ नागरिकलाई उनीहरुकै घरमा सम्मानपूर्वक बाच्न पाउने अवस्थाको सृजना गर्न सरकार शसक्त भएर लाग्ने बताए ।
‘अहिले चोक चोकमा ज्येष्ठ नागरिकका नाममा पसल खुलेका छन्, त्यो बन्द हुनु पर्छ,’ उनले भने,‘सरकारले अब ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाका लागि कार्यक्रम ल्याउने समेत उनले बताए ।
प्रदेश स्तरमा र जिल्ला तहमा एक÷एक वटा ज्येष्ठ नागरिक आश्रम खुलाउने समेत बताए ।
























