हेटौंडा वजार क्षेत्रको सडक १६-१६ मिटर विस्तार गरिने
हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीसंग संघीय सरकारका भौतिक पूर्वाधार मन्त्री वशन्त नेम्वाङ, प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, मकवानपुरका संघीय सांसद, प्रदेशसभाका सदस्यहरु हेटौंडा वजार क्षेत्रको सडक विस्तारका विषयमा छलफल भएको छ ।
पूर्वपश्चिम राजमार्ग एवं त्रिभुवन राजपथ अन्तरगतको हेटौँडा बजार क्षेत्रको दाँयाबाँया १६ र१६ मिटर मात्र विस्तार गर्नका लागि छलफलले निस्कर्ष निकालेको छ । अव हेटौंडाको मुख्य वजार क्षेत्र सडकको दायाँ, वायाँ १६ र १६ मिटर भत्काउने र बाइपास सडकबाट दायाँ, वायाँ २५र २५ मिटर निर्माण गर्ने मकवानपुर क्षेत्र नम्बर १ का सांसद तथा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले वताउनुभयो ।
हेटौंडालाई बाइपासबाट राजमार्ग वनाउने विषयमा मन्त्रीपरिषद्बाट निर्णय नभए सम्म कार्यान्वयन गर्न समस्या भएको र यो निर्णय गरेर कार्यान्वयन भएपछी सहज हुने मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाले वताउनुभयो । प्रधानमन्त्रीसंगको छलफलपछी अव कार्यान्वयन गर्नका लागि सजह भएको उहाँले वताउनुभयो ।
पहिले वाइपास सडक निर्माण गरेपछी मात्र हेटौंडा वजार क्षेत्रको सडक भत्काउने भएको छ । अव वाइपासका लागि तत्काल सूचना जारी गरिने भएको छ । हेटौंडाको चुरीयामाइ रातोमाटे देखि रापती पुल सम्म्को सडकलाई वाइपास गरिने भएको सभापति दाहालले वताउनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा हेटौँडा बजार क्षेत्रमा १६र१६ मिटर मात्रै विस्तार गर्ने र बाइपासको निर्माण गरी सवारी व्यवस्थापन गरिने विषयमा छलफल भएको हो ।
बजार श्रेत्रको दाँयार बाँया गरी जम्मा ३२ मिटर सडक विस्तार गर्ने र बजार बाहेकको राजमार्ग क्षेत्रको दायाँर बाँया गरी ५० मिटरनै सडक विस्तार हुने छलफल भएको छ ।
छलफलमा प्रतिनिधिसभा सदस्य विरोध खतिवडा, राष्ट्रियसभा सदस्य रामचन्द्र राई, प्रदेशसभा सदस्यहरु कुमारी मोक्तान, मुदु सिग्देल, प्रेम बहादुर पुलामी छिन्तु, उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कटुवाल, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा लगायतको उपस्थिति रहेको थियो ।
























