हेटौंडाबाट एम्बुलेन्समा गाँजा बोक्ने ३ जना पक्राउ

हेटौंडा,१२ पुस । मकवानपुर प्रहरीले लागू औषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नंबर १९ स्थित पुर्व पश्चिम लोकमार्गमा विशेष सुचनाको आधारमा चेकिङ टोलीले मनहरी तर्फबाट हेटौंडा तर्फ जाँदै गरेको जिल्ला रौतहट डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नंबर को सरकारी एम्बुलेन्सलाई रोकी चेकजाँच गर्दा उक्त एम्बुलेन्समा लुकाई छिपाई ल्याएको ३ वटा झोला भित्र ६ वटा पोकाहरूमा ३० किलो ६०० ग्राम लागू औषध गाँजा र नेपाली ९१ हजार रूपैयाँ तथा भारतीय २२ सय सहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एम्बुलेन्स चालक जिल्ला रौतहट डुमरीया नगरपालिका वडा नंबर ९ बस्ने वर्ष ३९ का महमद खलिद,उक्त एम्बुलेन्समा सवार जिल्ला रौतहट डुमरीया नगरपालिका वडा नंबर ४ बस्ने वर्ष १९ का अशोक कुमार र भारत बिहार मोतिहारी जिल्ला बसन्तपुर बस्ने बर्ष २२ का बिनोद सहनी रहेका छन् ।

पक्राउ परेका ३ जनालाई आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*