बागमती प्रदेशको आयुर्वेद व्यवासायी संघको उपाध्यक्षमा मकवानपुरका गीरि
हेटौंडा, १३ माघ । नेपाल आयुर्वेद औषधी व्यवसायी संघ बागमती प्रदेश उपाध्यक्षमा मकवानपुरको बकैया गाउँपालिका निवासी तुलसी गिरी निर्वाचित भएका छन् ।
काठमाडौंमा भएको संघको प्रथम अधिवेशनले गिरीलाई सर्वसम्मत निर्वाचित गरेको हो । लामो समयबाट हेटौँडामा संजिवनी आयुर्वेदिक सञ्चालन गर्दै आएका गिरीले आयुर्वेद मार्फत सयौको ज्यान बचाएका छन् । लेखनाथ फुयालको अध्यक्षतामा संघको २१ सदस्य कार्यसमिति गठन भएको छ ।
संघका केन्द्रीय अध्यक्ष जंगराज गिरीको सभाध्यक्षतामा भएको अधिवेशनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यता थियो ।
उपाध्यक्षमा निर्विरोध भएपछि प्रतिक्रिया दिँदै गीरिले आफुलाई प्राप्त भएको जिम्मेवारीलाई महत्वको साथमा पुरा गर्दै आयुर्वेद क्षेत्रलाई थप ब्यवसायीक तथा विश्वसनीय बनाउने बताए ।
























