हेटौंडाको शहिद स्मारकमा प्रतिमाहरुको अनावरण गरिदै
हेटौंडा । हेटौंडाको शहिद स्मारकमा आज राष्ट्रपति विद्यादेवि भण्डारीको बिशेष कार्यक्रम रहेको छ । भण्डारीले आज दिउसो स्मारकमा रहेको प्रजातान्त्रिक पार्कमा निर्माण गरिएका प्रतिमाहरुको अनावरण गरिने कार्यक्रम रहेकोे छ ।
प्रजातान्त्रीक पार्कमा पुष्पलाल श्रेष्ठ, बिपी कोइराला, गणेशमान सिंह र मनमोहन अधिकारीको प्रतिमा अनावरण गरिने कार्यक्रम रहेको स्मारक विकास समितिका उपाध्यक्ष रामेश्वर रानाले वताउनुभयो ।
देशकै महत्वपुर्ण पर्यटकिय गन्तव्यका रुपमा विकास भएको हेटौंडाको सहिद स्मारकमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रजातान्त्रिक पार्कमा निर्माण गरिएका प्रतिमाहरुको अनावरण गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति भण्डारीसंगै विभीन्न देशका राजदुतहरु पनि आजै आउँदैछन् । राजदुतहरुले शहिद स्मारक संगै, मकवानपुर गढी लगायतका पर्यटकिय स्थलको अवलोकन गर्ने कार्यक्रम रहेको छ । स्मारकमा गरिने सवै कार्यक्रमको तयारी पुरा भएको र आगन्तुकहरु आउन थालेको वताइएको छ । स्मारकमा राष्ट्रपति आउनुहुने भएपछी सुरक्षा व्यावस्था कडा पारिएको छ । आजै विहानबाट नेपाली सेना, नेपाल प्रहरी स्मारकमा तैनाथ गरिएको छ ।
बाग्मती प्रदेशको राजधानी हेटौंडामा रहेको पर्यटकिय स्थल सहिद स्मारकमा प्रजातान्त्रिक आन्दोलनका अगुवाहरुको प्रतिमा निर्माण गरिएको छ । विभिन्न कालखण्डका सहिदको प्रतिमा राखिएको हेटौँडा उपमहानगरपालिका–११ स्थित पर्यटकीयस्थल सहिद स्मारकमा रहेको प्रजातान्त्रिक पार्कमा निर्माण गरिएका प्रतिमाहरुको आज अनावरण गरिने भएको हो ।
























