हल्का वर्षा संगै हेटौंडामा चिसो बढ्यो
हेटौंडा । हेटौंडामा बिहिबार दिउँसो वर्षा भएको छ । बिहिबार मकवानपुरको विभिन्न स्थानमा हल्का वर्षा संगै जाडो समेत बढेको छ । बिहिबार मौसम पूर्वानुमान महाशाखाले देशभर आशिंक देखि सामान्य बदलीको अवस्था रहने जनाएको छ । यस्तै महाशाखाल उच्च पहाडी तथा हिमाली भु – भागमा हल्का हिमपातको संभावना रहेको जनाएको छ ।
यस्तै मौसम पूर्वानुमान महाशाखाले बिहिबार राति देशको पूर्वी भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू(भागमा आंशिक बदली रहने जनाएको छ ।
























