हेटौंडा क्याम्पसमा सरस्वती पूजाको अबसरमा मंन्दिरको उदघाटन

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ स्थित हेटौंडा क्याम्पसमा माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरिएको छ । साथै हेटौंडा क्याम्पस अध्यक्ष तथा प्रदेशसभा सांसद मुनु सिग्देलबाट मंन्दिरको उदघाटन गरिएको छ ।

क्याम्पस प्राङ्गणमा रहेको मन्दिर हेटौंडा क्याम्पसको रहोबर र सहयोगमा विभिन्न सहयोग साथै स्बवियु र विद्यार्थीको श्रमदानबाट सम्पन्न भएको हेटौंडा क्याम्पस स्बवियु अध्यक्ष्य उमेश पुरीले जानकारी दिए ।

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ। विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ। आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ।सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्तपञ्चमी’ पनि भन्ने गरिन्छ। यसै यामदेखि वन ढकमक्क हुन्छ। प्राकृतिक रुपमै रमाइलो वातावरणको अनुभव हुन्छ।

हेटौंडा क्याम्पसका अध्यक्ष तथा प्रदेशसभा सांसद मुनु सिग्देलबाट भएको मन्दिरको समुदघाटनमा हेटौंडा क्याम्पसमा प्राध्यापकहरु, स्ववियु प्रतिनिधि सहित विद्यार्थीको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*