हेटौँडामा स्कुल बसले अटोलाई ठक्कर दिदा एकको मृत्यु
हेटौँडा,१७, माघ – मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा स्कुल बस र अटो एक आपसमा ठोक्कीदा एक जनाको ज्यान गएको छ भने दुईजना घाईते भएक छन् ।
हेटौंडा बजारबाट नवलपुर तर्क जादै गरेकोना १ क ७००६ नम्बरको सनसाइन इङ्लिस बोर्डिङ स्कुलको बसले नवलपुरबाट हेटौंडा बजारतर्फ आउदै गरेको ना १ ह६२९१ नम्बरको अटोलाइ ठक्कर दिँदा अटोमा सबार हेटौंडा ३ का ३५ बर्षीय सागर पाख्रिन मुत्यु भएको हो।
ठक्करपछि गम्भिर घाईते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा ३७ बर्षीय जय बहादुर महरा र मुतक पाख्रिनका छोरा १४ बर्षीय मनोज पाख्रिन घाइते भएको र उनिहरूको चुरेहिल अस्पतालमै उपचार भइरहेको प्रहरीको भनाई छ ।
























