मध्यरातमा हेटौँडाको जेनिथ स्कुलको बसमा आगो लाग्यो
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ मा रहेको जेनिथ इन्टरनेशनल स्कूलको दुईबटा बसमा आगजनि भएको छ । स्कुलको कम्पाण्डभित्र रहेको बसमा अज्ञात समुहले आगजनी गरेपछि दुबै बसमा क्षति पुगेको छ । ना७ख ८७२८ र ना१क ३२१८ नम्बरको बसमा आगलागी भएको स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयवासी तथा हेटौँडा उपमहानगरपालिकाको दमकलको प्रयोग गरि आगो नियन्त्रणमा लिईएको छ । आगलागीको कारण पत्ता लगाउने कार्य भैरहेको प्रहरीले जनाएको छ ।
























