तेस्रो लिङ्गी अजिता भुजेलको हत्यारा सार्वजनिक
हेटौंडा,२१, माघ । गत माघ ४ गते हेटौंडाको क्याम्पाडाँडामा मृत फेला परेकी तेस्रो लिङ्गी अजिता भुजेलको हत्यामा सम्लग्नलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
हत्यामा सम्लग्न भएको भन्दै प्रहरीले हेटौंडा–११ बस्ने वर्ष २० एलिसा पाख्रिन, हेटौंडा–४ बस्ने वर्ष २४ को आशिष बल, हेटौंडा–१४ बस्ने वर्ष २१ बुद्ध लामा, हेटौंडा–९ बस्ने वर्ष १८ को सिमोन परियार र हेटौंडा–४ बस्ने वर्ष २५ को शुसिल थापा मगर रहेका छन् ।
पत्रकार सम्मेलनमा प्रहरीले हत्यापछि मोवाईल किनेका तीनजना र हत्यामानै संलग्न रहेको २ जना पक्राउ गरेको हो । प्रहरीको अनुसार उनलाई यौन सम्पर्कपछि विवाद भएकोले हत्या गरिएको हो ।
उनिहरुले थानाभ¥याङमा ना ६ ख ६५२७ नम्बरको ट्रक भित्र भुजेलको हत्यार गरेर क्याम्पाडाँडामा लगेर फालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (एसपी) शुसिलसिंह राठौरले बताए ।
























