हेटौंडा – १७ सालक पार्कमा श्रीमद् भागवत भक्ती सत्संग अनुष्ठान हुने

हेटौंडा । विश्वकै लोपोन्मुख सुचीमा सुचिकृत सालकको संरक्षण, पार्कको प्रबद्र्धनका लागि हेटौंडा १७ मा रहेको सालक पार्कमा १००८ स्वर्णिम श्रीमद् भागवत भक्ती सत्संग अनुष्ठान – २०७६ हुने भएको छ ।

फागुन २ गते बाट सुरु हुने भागवत १० गते सम्म सञ्चालन हुने आयोजक संस्था यज्ञ सम्पादन मुल समारोह समितिका संयोजक एंव चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अर्जुन प्रसाद दाहालले बताए ।

महाशिव रात्री तथा नेपाल भ्रमण वर्ष २०२०को अवसर पारी आध्यात्मिक चिन्तनद्धारा राष्ट्र,शान्ति, लोक कल्याण समस्त जीवात्माहरुको सुख शान्तिका साथै विश्वकै लापोन्मुख सुचिमा परेको सालकको संरक्षण र पार्कको विकासको लागि भागवत सञ्चालन गर्न लागेको संयोजक दाहालले बताए । राष्ट्रिय विभुषित नारी रत्न विदुषी सुश्री अनुराधा शास्त्रीजी प्रमुख बाचकको रुपमा रहने आयोजकले जनाएको छ ।

अनुष्ठानमा करिब १५ हजार भक्तालुको उपस्थिती हुने अनुमान सहित १ करोड संकलन हुने अनुमान आयोजकले गरेको छ । विभिन्न १७ वटा उपसमिति गठन गरि तिव्र रुपमा तयारी गरिरहेको आयोजकले जनाएको छ । प्रचारप्रसार स्वरुप १ गते हेटौंडा उपमहानगरको विभिन्न स्थानमा पुगेर मोटरसाइकल ¥याली समेत गरिने प्रचारप्रसार समितिका संयोजक नवराज गौतमले बताए । विभिन्न स्थानहरुमा अटोरिक्साको माध्यम र जिङगर बजाएर प्रचार गरिने उनले बताए ।

सालक पार्कलाई पर्यटक स्थल बनाउन पार्क परिसरमा ज्योती लिङ्ग स्थापना समेत गरिने बताइएको छ । २ गते अनुष्ठानको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समुद्घाटन गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*