हेटौँडा उपमहानगरपालिकामा आफुखुसी विद्यालय बन्द गर्न नपाइने

हेटौँडा,२२, माघ ।  हेटौँडा उपमहानगरपालिकाको वडाहरु तथा शिक्षक महासंघले आफुखुसी विद्यलय बन्द गर्न थालेपछि हेटौँडा उपमहानगरपालिकाले कडा नीति लिएको छ ।

अब उपमहानगरपालिकाको निर्णय बाहेक कुनै विद्यालय बन्द गर्न पाईने छैन् । स्थानीय सरकार भन्ने वित्तिकै आफुखुुी खुसी या दुखमा विदा दिने प्रचलन गलत भएको भन्दै स्थानीय सरकारसँग समन्वय नगरि यस्ता क्रियाकलाप गर्न नपाईने निर्णय गरिएको हेटौँडा उपमहानगरपालिकाकी उपमेगर मिना लामाले जानकारी दिईन् ।

हेटौँडा उपमहानगरपालिकाले नगरका विद्यायमा कार्यरत कर्मचारीको निधन भए सोहि विद्यालयको हकमा मात्र विदा दिन र कुनै उत्सवको अवसरमा पनि उपमहानगरसँग समन्वय गरेर मात्र विदाको निर्णय गर्न समेत सुझाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*