मकवानपुरको बागमतीमा भएको मोटरसाईकल दुर्घटनाको घाईतेको मृत्यु

हेटौंडा,२३ माघ,पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा भएको मोटरसाईकल दुर्घटनामा घाईते भएका सुर्खेत बस्ने वर्ष २३ का नरेस घर्तीको मृत्यु भएको छ ।

बुधबार गाउँपालिकाको वडा नंबर ७ पाथिभरा स्थित धरान(चौतारा सडक खण्डमा झुर्झुरेबाट फापरबारी तर्फ आउदै गरेको ग १४ प ३७०५ नंबरको मोटरसाईकल दुर्घटना हुँदा घाईते घर्तीको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यस्तै मोटरसाईकल चालक घाईते सुर्खेत भेरीगंगा नगरपालिका ४ बस्ने वर्ष १८ का समिर गुरुङलाई थप उपचारको लागी भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*