मकवानपुरको मनहरीमा कागज उद्योग स्थापना गरिने

हेटौंडा । मकवानपुरको मनहरीमा बागमती प्रदेश सरकारले कागज उत्पादन गर्ने उद्योग स्थापना गर्ने अन्तिम तयारी थालेको छ । उद्योगको डीपीआरको अन्तीम तयारी गरिदै छ । अहिले यसको मस्यौदामाथी छलफल गरेर अन्तिम रुप दिइएको छ ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मनहरी गाउँपालिका वडा नम्बर ८ मा करिव दुईअर्व रुपैयाँ लागतमा कागज उद्योग निर्माण गर्न लागिएको हो । नेपालमा कागज बाहिरी देशबाट ल्याउनुपर्ने भएकाले यसमा आत्मनिर्भर वन्नका लागि कागज उद्योग स्थापना गर्न लागिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले वताउनुभयो ।

प्रदेश सरकार मात्रैले भन्दा पनि निजी क्षेत्र, संघीय सरकार समेतको लगानीमा कागज उद्योग स्थापना गर्न लागिएको उहाँले वताउनुभयो । मनहरीमा जग्गाको टुङ्गो लागिसकेकाले यसको अध्ययनको लागि काम सुरु गर्न लागिएको उहाँले वताउनुभयो । उद्योगी, सरकार र समुदायको साझेदारीमा छलफल गरेर काम अगाडी वढाउन लागिएको बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीका निजी सचिव नवराज पुणासैनीले जानकारी दिनुभयो ।

कागज उद्योग सञ्चालन गर्नका लागि नाफा, घाटा, सञ्चालन खर्च लगायतका काम गर्नका लागि मन्त्रालयका सचिव शिव वाग्लेको संयोजकत्वमा सात सदस्य समिति गठन गरिएको छ । करिव दुई अर्व रुपैयाँको लगानीमा मनहरीमा कागज फ्याक्ट्री स्थापनाको लागि तयारी गरिएको प्रदेशका मन्त्री नेपालले वताउनुभयो ।

बहुवर्षिय योजनामा राखेर काम गर्ने तयारी गरिएको हो । चालु आर्थिक वर्षमा कागज फ्याक्ट्रीको डीपीआरका लागि ५० लाख उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले छुट्याएको छ । कागज फ्याक्ट्री कसरी खोल्ने भन्न्े छलफल पनि अहिले तिब्र रुपमा अगाढी वढाइएको छ ।

निजी क्षेत्र संगको साझेदारीमा कागज फ्याक्ट्री खोल्ने तयारी गरिएको वताउँदै मन्त्री नेपालले भन्नुभयो–‘सरकार मात्रैले उद्योग खोल्दा अरु सरकारी उद्योगको जस्तो हालत हुने भएकाले निजी क्षेत्र संगको साझेदारीमा उद्योग खोल्ने मोडालिटी वनाउँदै छौ । त्यसमा सरकारको पनि शेयर रहने र निजी क्षेत्रको पनि शेयर राखेर कम्पनि तयार गरेर काम गर्न लागिएको हो ।’

प्रदेश सरकारले निर्माण गर्न लागेको कागज फ्याक्ट्रीका लागि जग्गा अभाव नहुने मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले वताउनुभयो । मनहरीमा सरकारी जमिन ८ हजार रोपनी नाप जाँच गरिएको छ । अरु सरकारी जमिन अतिक्रमण भएका स्थानमा पनि हटाउने तयारी भएको उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*