हेटौंडाको बालजागृतिमा स्वास्थ्य शिविर
हेटौंडा,२५ माघ । हेटौंडा २ मा संचालित बालजागृति इ। सेकेन्डरी स्कूलले स्वास्थ्य शिविर गरेको छ । बालजागृतिको चाहना, अभिभावक विद्यार्थीको सुस्वास्थ्यको कामना नाराका साथ दुई दिने स्वास्थ्य शिविर गरिएको हो ।
रोट्र्याक्ट क्लब अफ हेटौंडा र एसआइडी ल्याब्रोटरी प्रालिको सहयोगमा बृहत स्वास्थ्य शिविर तथा जनचेतना अभियान गरिएको विद्यालयका प्रिन्सिपल बिनोद सुवेदीले जानकारी दिए । उनका अनुसार शुक्रबार भएको शिविरमा कक्षा १ देखि ५ सम्म अध्ययरत विद्यार्थीका लागि समसामयिक स्वास्थ्य समस्याको विषयमा अन्तक्र्रिया गरिएको हो ।
शनिबार कक्षा ६ देखि १० सम्मका विद्यार्थीको रगत परीक्षण र रिपोर्ट कार्ड वितरण गरिने विद्यालयले जनाएको छ । सम्पूर्ण अभिभावकको निःशुल्क रक्तचाप र मधुमेह परीक्षण समेत गरिने प्रिन्सिपल सुवेदीले जानकारी दिए । शनिबार हुने कार्यक्रममा सम्पूर्ण अभिभावकलाई उपस्थिति र परीक्षणका लागि आव्हान गरिएको सुवेदीले बताए ।
























