मकवानपुर सुनचाँदी व्यवसायी संघमा रसाईलीको नेतृत्व

हेटौंडा, मकवानपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा केशव रसाईली चयन भएका छन् । शनिबार भएको संघको दोस्रो अधिवेशनबाट रसाईलीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।

संघको उपाध्यक्षमा रुबेनुराज बज्राचार्य, सचिव राजकुमार रसाईली, कोषाध्यक्ष रुपकराज बज्राचार्य, सहसचिव नारायण विश्वकर्मा तथा सदस्यमा प्रेमरत्न शाक्य, उत्तमराज बज्राचार्य, माहारथ बज्राचार्य, कमल सिन्चुरी सुनार, राजकुमार घिमिरे, लालुराम विश्वकर्मा, राजकुमार विश्वकर्मा, विजय विश्वकर्मा, सुकदेव विश्वकर्मा, महिला सदस्यतर्फ शोभालक्ष्मी बज्राचार्य भएका छन् । मकवानपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष ज्योतिरन्त बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यको प्रमुख आतिथ्यता रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी संघका सचिव किरणभाई बज्राचार्य, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, बागमती प्रदेश पत्रकार महासंघका अध्यक्ष प्रताप विष्टलगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*