निर्मल बहुमुखी क्याम्पसको अध्यक्षमा पण्डित चयन
हेटौंडा , निर्मल बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा बिष्णुहरि पण्डित चयन भएका छन् । शनिबार भएको साधारणसभाले ४ बर्षीय कार्यकालका लागि पण्डितलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
यसअघिको कार्य समितिमा उपाध्यक्ष पदमा रहेर काम गरिसकेका पण्डितले क्याम्पसको भौतिक एवम् शैक्षिक विकासमा लागिपर्ने प्रतिबद्धता जनाए । ‘क्याम्पसको शैक्षिक गुणस्तर एवम् भौतिक विकास गर्नुपर्ने आवश्यकता रहेको छ’, उनले भने, ‘सबैलाई समेट्दै यस कार्यमा लागिपर्नेछु ।’ क्याम्पस सञ्चालक समितिको सदस्यमा राजु नेपाली, सानुमाया सुनार, देउतीमाया थिङ, मदन लामा, नरहरिनन्दन उप्रेती, राजकुमार भेटवाल, तेजप्रसाद उप्रेती, उमेश बर्तौला र तीर्थराज दाहाल चयन भएका छन् ।
सञ्चालक समितिको बाँकी पदाधिकारीको टुंगो लगाउने बताइएको छ । यस्तै मनोनित सदस्यमा अमृत पाठक र सागर उप्रेती चयन भएका छन् ।
























