लायन्स क्लब अफ हेटौंडा नारायणी मलद्वारा शैक्षीक सामाग्री वितरण

२ गते फागुन,हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडाको उत्तरपानीमा रहेको भृकुटी माध्यामिक बिद्यालयमा आज स्कूल ड्रेस तथा शैक्षीक सामाग्री वितरण गरिएको छ । सामाजिक कार्यमा कृयाशिल लायन्स क्लब अफ हेटौंडा नारायणी मलले विद्यालयमा अध्यनरत गरिब असाहय तथा जेहेन्दार विद्यार्थीहरुका लागि स्कूल पोशाक,जुत्ता,कपि,कलम,व्याग र खेलकुद सामाग्री वितरण गरेको हो ।

लायन्स क्लब अफ हेटौंडा नारायणी मलका अध्यक्ष अन्जन दाहालको सभाध्यक्षता तथा बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी किशोर कुमार दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लायन्स क्लब ३२५ बी टु का डिष्ट्रिक एडभाइजर सुकृतराज पराजुली साथै डिष्ट्रिक चिफ कृष्णराम न्यौपानेको विशेष आतिथ्यता रहेको थियो ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा चार्टड प्रेसिडेन्ट तथा कोओर्डिनेटर कैलाश ढकाल,जोन चियर पर्सन तथा पुर्ब अध्यक्ष प्रल्हाद मिश्र,रिजन चियर पर्सन सुशान्त खतिवडा,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजकुमार मोक्तान, विद्यालयका प्रअ अच्यूत कृष्ण रिजाल, भबिष्य मध्यबर्ती सामुदायिक बन उपभोक्ता समितिका कमल सिन्तान,अभिभावक,बिद्यालयका शिक्षक शिक्षिकाह?को उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण लायन सन्तोष पराजुलीले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*