मकवानपुरको मनहरीमा ट्रक पल्टीदा एकको मृत्यु

हेटौँडा,३, फागुन । पूर्व(पश्चिम राजमार्ग स्थित मकवानपुरको मनहरी नयाँ बस्तीमा गोरु बोकेको ट्रक पल्टिँदा एकजनाको मृत्यु भएको छ ।

नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख २३७ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा २६ वर्षका अकबर खानको मृत्यु भएको हो ।

उनको चितवन स्थित मेडिकल कलेजमा मृत्यु भएको हो । यस्तै दुर्घटनामा घाईते अर्का २९ बर्षीय युवकको चितवनमै उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*