गरुडले दियो रिफ्रेस तालिम
हेटौंडा,४ फागुन । नेपालको अग्रणी सुरक्षा प्रदायक संस्था गरुड सेक्युरिटिज प्रालिले आफ्ना सुरक्षाकर्मीहरुलाई हेटौंडा स्थित विभिन्न स्थानहरुमा रहेको सेक्युरिटी पोस्टहरुमा अनुभवी प्रशिक्षकद्वारा तालिम प्रदान गरेको छ ।
यस आर्थिक बर्षलाई ‘तालिम बर्ष’ घोषणा गरेको गरुड सेक्युरिटिज प्रालिले आफ्ना सुरक्षाकर्मीहरुलाई अनिवार्य रुपमा पुनर्ताजगी तालिम प्रदान गराउने लक्ष्य अनुरुप शुक्रवार र शनिवार तालिम प्रदान गरिएको हो ।
गरुड तालिम केन्द्र काठमाडौंका प्रमुख प्रशिक्षक नबराज बस्नेतले युनिलिभर नेपाल बसामाडीमा तैनाथ ३० जना, एसियन पेन्ट नेपाल हेटौडाका ३० जना र अन्य सुरक्षा पोस्टका सुरक्षागार्डलाई आईपर्ने सुरक्षा चुनौती आगलागी, दुर्घटना भएको बखत गरिने प्राथमिक उपचारमा अपनाउनु पर्ने बिधि लगाएत सुरक्षा सम्बन्धि अपनाउनु पर्ने तरिकाहरुको बारेमा तालिम प्रदान गरिएको थियो ।
तालिममा सहभागि हुन नसकेका टाढाका स्थानहरुमा खटिएको सुरक्षाकर्मीलाई समय र अनुकुल मिलाएर यसै महिना भित्र ब्रान्च अफिस हेटौडामा तालिम प्रदान गराउने योजना रहेको गरुड सेक्युरिटीज हेटौडाका कार्यवाहक ब्रान्च मेनेजर जनक कुमार डंगोलले बताउनुभयो ।
























