सेञ्चुरी कमर्शियल बैंक र होटल सुर्यान्स बीच छुट सम्झौता
हेटौंडा,४ फागुन । सेञ्चुरी कमर्शियल बैक र बागमती प्रदेशको राजधानी हेटौंडा–१० टिसिएन रोडमा अवस्थित होटल सुर्यान्स बीच छुट सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको बताएको छ ।
सम्झौता अनुसार बैकको क्रेडिट र डेबिट कार्ड ग्राहकवाहकले होटलको सेवा सुबिधामा २० प्रतिशतसम्म छुट पाउनेछन् । सम्झौतापत्रमा बैकका हेटौंडा शाखा प्रबन्धक सुहित शाक्य र सुर्यान्स होटलका अपरेसन म्यानेजर नकुल गिरीले हस्ताक्षर गरेका थिए । उक्त कार्यक्रममा बैंकका अन्य प्रतिनिधी र होटलका प्रबन्धक निप्पु सराफको उपस्थिती रहेको थियो ।
























