मुख्यमन्त्री पौडेललाई भेट्न आचार्य बालकृष्ण हेटौंडामा

हेटौंडा, ५ फागुन । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसंग आयुर्वेदका ज्ञाता तथा पतञ्जली योगपिठका आचार्य बालकृष्णले भेट्नु भएकोे छ ।

मुख्यमन्त्री कार्यालय हेटौंडामा भएको भेटवार्ताका क्रममा मुख्यमन्त्री पौडेलले नेपालमा जन्मेर आयुर्वेदको क्षेत्रमा विश्वर्चिर्चत बन्न सफल भएकोमा बधाई ज्ञापन गर्दै आचार्य प्रति आफूहरुले गर्वगर्ने गरेको बताउनुभयो ।

पौडेलले आयुर्वेदको विद्वत्वलाई आफ्नो जन्मभूमिको समृद्धिमा समेत प्रयोग गर्न अनुरोध गर्नुभयो । उहाँले बाग्मती प्रदेश सरकार प्रदेशको जडिबुटीहरुको अध्ययन अनुसन्धान गरेर त्यसबाट लाभलिन इच्छुक रहेको बताउँदै त्यसका लागि वातावरण निर्माण गर्न तयार रहेकोले लगानी भित्र्याउन अनुरोध गर्नुभयो । आयुर्बेदमा नेपालीहरुको बिश्वास बढ्दै गएको सन्दर्भमा यसको महत्व झन बढेको बताउनुभयो ।

जवाफमा आचार्य बालकृष्णले नेपालमा रहेका बहुमुल्य जडीबुटीहरु अन्यत्रबाटै किनेर त्यसबाट आफूहरुले दवाई बनाएर नेपालमा नै पठाइरहेको बताउदै नेपालमै उद्योग वा प्रशोधन केन्द्रहरु खोल्न सके देशले बढी आम्दानी गर्न सक्ने उल्लेख गर्नुभयो ।

उहाँले नेपालका बहुमुल्य जडिबुटीहरुको अवैज्ञानिक दोहन भइरहेको समेत बताउनुभयो । जडिबुटी उखेल्ने काम भएको तर त्यसको बदलामा वृक्षारोपण वा त्यसको वृद्धि विकासका कुनैपनि काम नभएको उहाँको भनाई थियो । त्यसो हुँदा अघिल्लो वर्ष प्रशस्त पाइरहेको जडिबुटीहरु अर्को वर्ष कम र अझ अर्को वर्ष झन झन कम हुँदै गएको पाइएकोले त्यसतर्फ बेलैमा सोच्न जरुरी रहेको उहाँको धारणा थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*