पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
६ फागुन,आयल निगमले इन्धनको मूल्य घटाएको छ। भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाइएको हो। सोमबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको निगमले जनाएको छ।
मूल्य समायोजनपछि पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ८ रुपैयाँ, डिजेल-मट्टितेल प्रतिलिटर ९७-९७ रुपैयाँ कायम भएको छ। हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।
























