सेञ्चुरी कमर्शियल बैंकका ग्राहकलाई २८ प्रतिशत छुट

हेटौंडा, ६ फागुन । सेञ्चुरी कमर्शियल बैक र हेटौंडा–४ नारायणी मलमा अवस्थित सानो संसार र शुभिल्ला बिच छुट सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको बताएको छ ।

सम्झौता अनुसार बैकको क्रेडिट र डेबिट कार्ड ग्राहकवाहकले सानो संसार र शुभिल्ला पसलमा हरेक सामान को खरिदमा २८ प्रतिशत छुट पाउनेछन् । सम्झौतापत्रमा बैकका हेटौंडा शाखा प्रबन्धक सुहित शाक्य सानो संसारका प्रोपाइटर विपिन ताम्राकार र शुभिल्लाका प्रोपाइटर निशा रोक्काले हस्ताक्षर गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*