मकवानपुरगढीको महायज्ञमा १७ लाख संकलन

हेटौंडा,६ फागुन, मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंबर २ कुर्लेदमार, बाँसपानिको सामरी खोलाको किनारमा सोमबार देखि जारी श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा समापन भएको छ ।

अध्यात्म कल्याणकारी समाज नेपाल उप समितिको आयोजनामा भएको महायज्ञ अरुन्धति सहित सप्तऋषि, राधाकृष्ण मन्दिरको निर्माण र हाट बजारको संरचाना निर्माण गरी स्थानिय स्तरको धार्मिक क्षेत्र र स्थानिय व्यापार व्यावसायको प्रर्वर्धन गर्ने मुख्य उदेश्यले गरिएको महायज्ञमा १७ लाख ६५ हजार रुपैँया सहयोग प्राप्त भएको छ ।

महायज्ञमा चर्चित युवा पण्डित सुदर्शन चालिसेले संगीतमय भागवत तथा कथा वाचन गरेको महायले स्थानीय ब्यापार प्रर्वद्धनमा सहयोग पुग्ने कार्यक्रम संयोजक गोपाल गौतमले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*