जिससमा सूचना तथा अभिलेख केन्द्र स्थापना
मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरमा सूचना तथा अभिलेख केन्द्र स्थापना भएको छ । सूचना केन्द्रको जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले उद्घघाटन गर्नु भएको हो ।
जिल्ला स्थित स्थानीय तहहरूले तर्जुमा गरेका कानुनहरु अभिलेखिकरणका लागि जिल्ला सुचना तथा अभिलेख शाखा स्थापना भएको हो ।
सुचना केन्द्रबाट सार्वजनीक सरोकार एवम् चासोका विषय तथा जिल्ला स्थित स्थानीय तहहरुको विकास निर्माण साथै सेवा प्रवाह, जिल्ला समन्वय समितिबाट गरिने विभिन्न अनुगमनका सुचनाहरुको बारेमा जानकारी प्राप्त गर्न सकिने जिल्ला समन्वय समिति मकवानपुरका प्रेस संयोजक एवम् सुचना तथा अभिलेख शाखा प्रमुख बिश्वराम अधिकारी (विवश) ले जानकारी दिनुभयो ।
उद्धघाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, शाखा अधिकृत भीमलाल महर्जनलगायत सहभागि हुनुहुन्थ्यो ।
























