हेटौंडाका छोरी बलात्कार गर्ने बाबुलाई ३७ वर्ष कैद

हेटौंडा,७ फागुन । छोरीलाई बलात्कार गर्ने बाबुलाइै जिल्ला अदालत मकवानपुरले ३७ वर्षको जेल सजाय फैसला गरेको छ । एक लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति स्वरुप पीडकबाट उपलब्ध गराउन पनि अदालतले आदेश जारी गरेको छ ।

जिल्ला न्यायाधीश दिल्लीरत्‍न श्रेष्ठको सोमबार बसेको इजलासले हेटौंडा उपमहानगरपालिका वडा नंबर ८ का ४९ वर्षीय बाबुलाई किशोरी छोरी बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।

घरमा सुतिरहेकी १७ वर्षीया छोरीलाई उनले २०७५ चैत २ गते छुरी देखाएर करणी गरेका थिए । पिताबाटै असुरक्षित भएपछि बारा जिल्लाको कोल्पीमा आफन्तकहाँ बस्न थालेकी पीडित युवतीले आफन्तलाई घटनाबारे बताएकी थिइन् । आमाले अर्को बिवाह गरेको र बाबुले घरमा सानीआमा भित्र्याएका थिए । गत चैत ११ गते पीडक बाबुलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय हेटौंडामा उजुरी दिएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*