पत्रकार दाहाल प्रदेशकै उत्कृष्ट रिर्पोटरको रुपमा सम्मानित
हेटौँडा,७, फागुन । राष्ट्रिय समाचार समिति (रासस) का मकवानपुर संवाददाता रिपेश दाहाल सम्मानित भएका छन् । राससको को ५९ औँ वार्षिकोत्सवको अवसरमा उनलाई वागमती प्रदेशको उत्कृष्ट रिर्पोटरको रुपमा सम्मानित गरिएको हो ।
उनलाई नगद १५ हजार सहित सम्मानपत्र प्रदान गरिएको थियो ।
न्युज क्लब नेपाल हेटौँडामा भएको कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले दाहाललाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
राससका बागमती प्रदेश प्रमुख सुरेश झाको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
























