जुत्ता किन्दा १२ प्रतिशत छुट

हेटौंडा । हेटौंडाको सेञ्चुरी कमर्शियल बैक र हेटौंडा–४ नारायणी मलमा रहेको युनाइटेड शु स्टोर बिच छुट सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने उद्देश्यले सम्झौता गरेको बताइएको छ ।

सम्झौता अनुसार बैकको क्रेडिट र डेबिट कार्ड भएका ग्राहकहरुले युनाइटेड शु स्टोरका हरेक ब्रान्डका जुत्ता खरिदमा १२ प्रतिशत सम्म छुट पाउनेछन् । सम्झौतापत्रमा बैकका हेटौंडा शाखा प्रबन्धक सुहित शाक्य र युनाइटेड शु स्टोरका प्रोपाइटरले हस्ताक्षर गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*