हेटौँडामा उठ्यो समलिङ्गी विवहालाई मान्यता दिनुपर्ने माग

हेटौँडा,१७, फागुन । निलहिरा समाज मकवानपुरले समलिङ्गीहरुबिचको विवाहलाई नेपालमा पनि मान्यता दिनुपर्ने बताएको छ । विश्वको धेरै मुलुकले समलिङ्गीहरुबिचको विवहालाई मान्यता दिइसेकेको अवस्थामा नेपालले पनि सो ब्यवस्था लागु गर्नुपर्ने बताईएको छ ।

निलहिरा समाज, मकवानपुरको आयोजना र यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ, नेपालको समन्वयमा भएको एक कार्यक्रममा सहभागीहरुले आफुहरुले पनि विवहागरि नयाँ जीवन सुरु गर्न चाहेको भन्दै समलिङ्गीहरुको विवहालाई मान्यता दिन माग गरेका हुन् ।

कार्यक्रममा विगत १० वर्षदेखी हालसम्म यौनिक अल्पसंख्यकहरुको विषयमा भएको कार्यक्रमहरुको बारेमा जानकारी दिईएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*