बृहत् रक्तदान कार्यक्रम सम्पन्न

हेटौंडा । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुर महिला बिभागको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ११० औ अन्तराष्ट्रिय नारी दिवशको अवशर पारेर हेटौंडाको भुटनदेबी माविमा कार्यक्रम सम्पन्न भएको हो । जिल्ला महिला उपाध्यक्ष एवम् महिला बिभाग संयोजक लक्ष्मी गजुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख भगवती पुडासैनीको प्रमुख आतिथ्यता रहेको थियो । संगठन सवलीकरणको ५ महिने अभियानको निरन्तरता स्वरुप रक्तदान कार्यक्रम आयोजना गरिएको जिल्ला प्रचार विभाग प्रमुख सुनिल गौतमले जानकारी दिनुभयो । जिल्लामा रगतको अभावलाई कम हुन नदिन शिक्षक संगठन ले रक्तदान कार्यक्रमको आयोजना गरेको बताएको छ ।

१९ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रिय सदस्य पद्मा पैडेल जिल्ला अध्यक्ष श्रीराम दाहाल,सचिव पुरुषोत्तम आचार्य,कोषाध्यक्ष जयप्रसाद पोखरेल,सहकोषाध्यक्ष चन्द्रादेवी लामा बल,को उपस्थिति रहेको थियो । त्यस्तैगरी शिक्षक साकोस का अध्यक्ष सिताराम दाहाल, सचिवालय सदस्य कृष्ण पौडेल, सल्लाहकार पिताम्वर वास्तोला, सदस्य भगवती पुडासेैनी, समेतको उपस्थिति रहेको कार्यक्रम सहसचिव प्रतिमा गौतमले सञ्चालन गर्नुभएको हो ।

कार्यक्रमलाई स्वागत गर्दै अध्यक्ष श्रीराम दाहालले आउदो चैत्र २९ गते १७ औ जिल्ला परिषद् हुने जानकारी समेत दिनुभयो । यसैगरी चैत्र ७ र ८ गते मकवानपुर गढी गाउँपालिकाले जिल्ला महिला विभागको आयोजनामा शिक्षकहरुको क्षमता विकासका लागिआईसिटि तालिमको आयोजना गर्ने प्रचार प्रमुख गौतमले जानकारी दिनुभयो । ८ गते संगठन गढी गाउँपालिकाको दोस्रो अधिवेशन समेत हुने बताईएको छ । यसैगरि जिलाभर शैक्षिक एकरुपता ल्याउनका निम्ति संगठनले २०७७ सालको वार्षिक एवम् शैक्षिक क्यालेण्डर चैत्र मसान्त सम्म प्रकाशन गर्ने निर्णय समेत गरेको छ । संगठन सवलीकरणको अभियान अन्तर्गत १० वटै स्थानीय पालिका मध्ये बाँकी रहेका स्थानीय निकायमा शिक्षक महासंघ पूर्णता दिन पहल गर्ने कार्यमा संगठन कटिबद्ध रहेको प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*