रंगहरुको उत्सव होली औपचारिक रुपमा सुरु

काठमाडौँ – रंगहरुको उत्सव होली अर्थात फागु पर्व औपचारिक रुपमा सुरु भएको छ । काठमाडौँको बसन्तपुरमा मंगलबार बिहानको शुभसाइतमा होलीको लिंगो ठड्याएसँगै पर्व सुरु भएको हो ।

रंगिन ध्वजासहितको चीर ठड्याउने बेला नेपाली सेनाको गुर्जु पल्टनले हर्ष बढाइसमेत गरेको थियो।

हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन चीर ठड्याउने चलन छ । यो वर्षको होली पहाडका जिल्लामा आउँदो सोमबार र तराईका जिल्लामा मंगलबार मनाईँदै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*