मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना हुदा चारको मृत्यु
हेटौंडा । मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ४८ जना घाइते भएका छन् ।
आज साँझ जन्ती बोकेको ना ३ ख ३५५६ नम्बरको बस मकवानपुरगढी गाउँपालिका–२ मा दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा गढी–७ बस्ने वर्ष ३५ को सोमबहादुर रुम्बा र सोही ठाउँ बस्ने वर्ष २९ को सोमबहादुर मोक्तान रहेको प्रहरीले जानकारी दिएको छ । बाँकी मृतक २ जनाको खुलेको छैन् ।
घाइतेमध्ये २१ जनाको चुरेहिल अस्पताल र २८ जनाको मकवानपुर जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ब्रेक फेल भएर बस सडकबाट तल खसेको प्रहरीले जानकारी दिएको छ ।
























