मकवानपुरको भीमफेदीमा चट्याङ लागेर एक जनाको मृत्यु

मकवानपुर – मकवानपुरको भीमफेदीमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् ।

भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने ठाउँमा चट्याङ लागेर घाइते भएका स्थानीय २३ वर्षीय विजय स्याङ्तानको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनकी २२ वर्षीया श्रीमती सविना स्याङ्तान पनि चट्याङले लागेर घाइते भएकी छन् । उनको उपचार भइरहेको छ ।

चट्याङका कारण मकवानपुरमा बार्षिक ५० देखि ६० जनासम्मको मृत्यु हुने गरेको तथ्याङ्क छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*