मुलुकको अधिकांश भू-भागमा वर्षा , हुम्लामा हिमपात

हेटौँडा । मुलुकभरका अधिकांश भू-भागमा वर्षा भएपछि जनजीवन प्रभावित भएको छ ।

बर्षासँगै तापक्रम घटेपछि पुनः चिसो बढेको महशुष भएको छ । पश्चिम न्यून चापीय प्रणालीका कारण गएरातिदेखि नै भइरहेको वर्षा आज दिनभर जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार आइतबारदेखि भने मौसम सुधार हुनेछ । हिमाली भेगमा भने हिमपात भएको छ ।
हुम्लामा पुन भारी हिमपमत भएको छ ।

शुक्रबार साँझदेखि निरन्तर भएको हिमपातले हुम्लामा चिसो बढेको छ । हिमपातले जिल्लामा तापक्रम माइनस पाँचमा झरेको छ ।

जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

शुक्रबार बिहान मौसम सफा भएर घाम लागेको भए पनि दिउँसोबाट मौसममा बदली हुँदा हिमपात शुरु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*