मकवानपुरको १० ठाउमा “कोरोना हेल्प डेक्स” स्थापना

हेटौँडा,२, चैत्र । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट कसरी सुरक्षित रहने भन्ने सूचना प्रवाह गर्नकोलागि मकवानपुरको १० स्थानमा “कोरोना हेल्प डेक्स” स्थापना भएको छ ।

मकवानपुर प्रहरीले जिल्लाको १० वटा ईलाका प्रहरी कार्यालय परिषरमा “कोरोना हेल्प डेक्स”स्थापना गरि कोरोनाबारे सचेत पार्ने काम सुरु गरेको हो । प्रहरीले हेटौँडा उपमहानगरपालिकाको बसपार्क क्षेत्र, पशुपतिनगर क्षेत्र, इलाका प्रहरी कार्यालय फापरबारी, पालुङ, ठिंगन, पदमपोखरी लगाएतको क्षेत्रमा “कोरोना हेल्प डेक्स” स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख शुसिलसिंह राठौरले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*