हेटौँडामा रोयल फर्निचर सप्लायर्स शुभारम्भ
हेटौँडा । हेटौंडामा उपमहानगरपालिका १० स्थित टिसिएन रोडमा रोयल फर्निचर सस्लायर्स शुभारम्भ भएको छ । शुवासजंग थापा, शुभजंग थापा तथा सुवोधजंग थापा दाजुभाईको संयुक्त लगानीमा ब्यवसाय सुरु गरिएको हो । आज सञ्चालकका हजुरबुबा बहादुर थापाले रिबन काटेर ब्यवसायको शुभारम्भ गरेका हुन् ।
हेटौडा १० बाट द केबी डेकोर हाउस र मेनरोडमा रोयल केवी फर्निचर एण्ड फर्निसिंग हाउस संचालन संगै यो थापा दाजुभाईको तेश्रो ब्यवसाय हो ।
फर्निचर ब्यवसायमा सफलता हाँसिल गरेका थापा दाजुभाईले ब्यवसायलाई थप प्रभावकारिता तथा नयाँ नयाँ सामग्रीहरु उत्पादन गर्ने उदेश्यले ब्यवसाय संचालनमा ल्याईएको सञ्चालक सुभजंग थापाले बताए ।
























